क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो

No ads found for this position
No ads found for this position

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् ।

अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रुपमा राखिएको स्पष्ट गरेका छन् ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् ।

अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताउदै आइसीसीको पत्र समेत सार्बजनिक गरेका छन् ।

उनले आइसीसीले नेपाललाई विशेष सुबिधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउमा अन्य खेलाडीलाई राख्ने सुबिधा दिएको उल्लेख गरेका छन् ।

साथै उनले नेपाली टोली अमेरिका जाने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको र उनले सफाइ पाइसकेका नसकेको बताउदै आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको बताएका छन् ।

क्यानले सतर्कता साथ गोप्य राख्नुपर्ने विषयलाई कमजोरीका रुपमा ब्याख्या नगर्न समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *