रौतहटमा अत्यधिक गर्मीले खोला नाला सुके, पानी खान नपाएर मर्न थाले जनावर

No ads found for this position
No ads found for this position

बैशाख- रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खोला नाला सुक्न थालेपछि चौपाया र चारा चुरुङ्गी मर्न थालेका छन् ।

करिब दुई महिना आगाडी देखि लाल बकैया नदि सुक्दै गएको छ । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थियो । त्यस पछि लागातार तापक्रम दैनिक बढ्दै गएको छ ।

हिजो (मंगलबार ) रौतहटको अधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।

तापक्रम बढे संगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजिवन लगायत सवै सजिव प्राणी, वोट विरवाको साथै वाली नालीमा समेत असर परेको छ । यसै बिच पानी खान नपाएर जिल्लाका देवाही गोनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चौपाया घोड गदहा मृत अवस्था फेला परेको छ ।

प्रकृतिक खोला- नदि सुकि सकेका कारण जंगली जनावर छाडा पशु- पंक्षि पानी खान नपाएर मर्न थालेका छन् ।

सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार कमल यादवले मध्यान्ह दैनिक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

लाल बकैया नदिको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबै तर्फ दुरीमा निजी तथा सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।

पानीको समस्या मधेशमै बढ्दै गएको बताउदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसो हैण्पाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए ।

चौपाया तथा जंगली जनाबर चराचुरुङ्गीलाई आफूले स्थानिय स्तरबाट जन श्रमदान गरि सुकि सकेको लाल वकैया नदिमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *