काभ्रेका आगलागी पीडितलाई तरुण दलको सहयोग

No ads found for this position
No ads found for this position

काठमाडौं- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटाका आगलागी पीडितलाई नेपाल तरुण दलले सिरक,डस्ना,तन्ना ,सिरानी, म्याट्रेस, झुल लगायत सामग्री वितरण गरेको छ ।

‘जहाँ विपत् त्यहाँ तरुण’ भन्ने मूल अवधारणाका साथ केन्द्रीय सदस्य कुलध्वज तामाङको नेतृत्वमा सानोपाटामा पुगेको तरुण दलको टोलीले आगलागी पीडितका परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा उक्त सामग्री वितरण गरिएको हो ।

पीडित परिवारहरू प्रति केही गर्ने मनसाय राखी जिल्ला पुगेको बताउँदै केन्द्रीय सदस्य तामाङले आगलागी बाट पीडित भएका परिवारलाई यसबाट केही राहत मिलेको बताए ।

आगलागीमा परि १५ घर १० गोठ र ८ वटा शौचालय जलेका नष्ट भएका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *