पहिलो नम्बरमा परेको सन्दीपको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ मा राखियो

No ads found for this position
No ads found for this position

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ‘हेर्न नमिल्नेमा’ राखिएको छ ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

आज पहिलो नम्बरमा परेको उनको मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ । यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज ‘ हेर्न नमिल्ने’ मा राखिएको छ ।

यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।

सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन् । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय