जसपा विभाजनको अवस्था छैन, बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन् : मनिष सुमन

No ads found for this position
No ads found for this position

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले दल बिभाजनको अवस्था नरहेको बताएका छन् ।

उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका छन् ।

साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउदै सम्पूर्ण केन्द्रीय सदस्यलगायत कोहि पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *