जसपा विभाजनविरुद्ध सर्वोच्च जाँदै उपेन्द्र यादव

No ads found for this position
No ads found for this position

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले पार्टी विभाजन गर्ने अशोक राईको निर्णयविरूद्ध सर्वोच्च अदालत जान लागेका हुन् ।

पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले निर्णय गर्ने छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले ७ सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *