गर्मी छल्न भैरहवाका वाटर पार्कमा नेपालीसहित भारतीयको भिड

No ads found for this position
No ads found for this position

मोहम्मद हबिब

भैरहवा- सन्तकबिर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा पार्कमा आइतबार ११ बजे विहानै आए । उनी नेपाल आउनुको एउटा मात्रै उद्देश्य केही भएपनि गर्मीमा राहत होस भन्दै वाटर पार्कको आनन्द लिनु थियो । जसअनुरुप उनले करिब ६ घण्टा नेपालमा विताएर साझ घर तर्फ लागे ।

यस्तै प्रदिप शर्मा पनि परिवार सहित गर्मी छल्न यहाँ आए उनी आफु मात्रै आएनन २ छोरा १ छोरी र श्रीमति सहित परिवरिक आनन्द लिन वाटरपार्क आए । गर्मीले बस्न नै नसकेर परिवार नै लिएर उनी भैरहवा पानीसँग खेल्न आएको आएका हुन । गर्मीले अतालिएका थियौ, परिवार र बच्चाहरु पनि आनन्दीत भए, हामीतिर खासै यस्तो वाटर पार्कहरु नभएकोले नेपाल आएको उनले भने ।

यो त केवल उदाहरण मात्रै हो । भैरहवामा रहेको एक्वा पार्क र रेडसन वाटर पार्कमा अहिले भारतिय पाहुनाहरुको भिड नै लाग्ने गरेको छ । भारतको छिमेकी जिल्लाबाट मात्रै होइन भैरहवा आसपासका युवा युवती, बच्चा र व्यस्कहरु पनि अहिले भैरहवाका यि दुवै व्यवसायीक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित वाटरपार्कमा आन्नद लिन आउने गरेका छन । उखरमाउलो गर्मी छल्न पानीको सहारा लिनु परेको पानी प्रेमीहरुको भनाई छ ।

सिमाबाट नजिक भएकोले पनि भारतका सिमावर्ती क्षेत्र सुनौली, नौतनवा, गोरखपुर मात्रै होइन आयोध्या, नौगढ, कुशीनगर, सन्तकबिरनगर लगायतका ठाउँहरुसम्मका स्विमीङ्ग पारखीहरु सातामा नियमित रुपमा आउने गरेका छन । लुम्बिनी र भैरहवा आसपास आउने बाह्य तथा आन्तरिक पर्यटकहरु पनि केही दिन देखि शितलता सहितको मनोरञ्जन लिने क्रम बढेको छ । गर्मी मौसममा शीतलता लिन र बच्चाहरूसँग छुट्टी मनाउन वाटर फन पार्कहरू विकल्पको रुपमा छन, शनिबार र आइतबार भिड नै हुने गरेको संचालकहरु बताउछन । बच्चा देखि वयस्क सम्म एकै ठाउँमा मनोरञ्जन लिन सक्ने स्थान भएकोले पनि पछिल्लो समय वाटर फन पार्कमा परिवार नै आउने गरेका छन् ।

समुन्ध्रको अनुभुति दिलाउन नेपालकै नमुनाको रुपमा यि वाटर पार्क सञ्चालनमा छन । जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको बिकासका लागि युवा उद्यमी अभिषेक शर्माको लगानीमा लुम्बिनी अम्युजमेन्ट पार्क (एक्वा पार्क) संचालनमा छ भने पर्यटन व्यवसायी प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क संचालित छ । सिमाबाट ५ किलो मिटर भित्रै पर्ने यि वाटरपार्कको उद्देश्य पनि भारतिय जल प्रेमी पर्यटकहरुलाई तान्नु रहेको थियो, सामुन्द्रीक छाल सहितको वाटर फन पार्क रुपन्देहीमा ३ वटा रहेको छ ।

साढे ६ विघा क्षेत्रफलमा २ हजार बढिले मनोरञ्जन लिन सक्छन भने अर्को बसन्तपुरमा १४० वर्ग फिटमा फैलिएको पार्कमा एक हजार जना अट्ने क्षमताको छ ।

एक्वा पार्क अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयष्कसम्मका एकै ठाँउमा मनोरञ्जन गर्दा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी उमेर समूह अनुसारको सलाइडहरु छन । यस्का साथै परिवारिक सलाइडमा १० फीट र २० फीट उचाईका ३ वटा सलाइडहरु टनेल सलाइड, ३ लेन सलाइडर रिभोल्भिङ सलाइडहरु, अग्लो टावरबाट २ वटा सलाइडीङ ,मल्टीलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम स्प्रे, अम्ब्रेला सावर, लगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडित छ ।

‘हामीले युवाहरुका लागि साहसिक सलाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिले सम्मकै लामो तिव्र गति २ सय फीटको स्पीड सलाइड जडान गरेका छौ, यस्तै सेल्फिका लागि सबै उमेर समूहलाई सुहाउने १७–१८ वटा प्वाइन्ट बनाएको संचालक एक्वा पार्कका संचालक शर्माले भने । स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी अत्याधुनिक वाटर फिल्टर सिस्टमबाट पानी प्रशोधन गरी वातानुकुलित बनाई पानीलाई पूर्ण रूपमा सुरक्षित बनाएर मात्र प्रयोगमा ल्याइरहेका छौ भने भवितव्यका लागि तालिमप्राप्त लाइफ गार्डको नेतृत्वमा लाइफ गार्ड र प्राथमिक उपचारका लागि जनशक्ति नै राखेको शर्माले भने ।

अहिले गर्मी बढेकोले पार्क आउनेको संख्यामा धेरै बृद्धि भएको छ । विदाको दिन, शनिबार र आइतबार अरु दिनको तुलनामा भिडभाड नै हुने गरेको छ । यहाँ आउने ८० प्रतिशत सेवाग्राही भारतबाट आउने गरेका छन, शनिबार र आइतबार त टाढा टाढाबाट नियमित समूहमा नै आउने गरेका छन, सोही लाई मध्य नजर गर्दै हामीले डिजे र नृत्यसहितको मनोरञ्जन दिने गरेको संचालक शर्माले भने ।

यता रेडसन फनपार्कमा पनि भारतिय ग्राहकहरुको आकर्षण बढेको छ । चैत्रको दोस्रो साताबाट सुरुवात भएको वाटरपार्कमा पछिल्लो २ साताबाट गर्मी बढेसँगै भारतियसँगै नेपालीहरुको चाप बढेको छ । पहिलाको तुलनामा अहिले विस्तारै पानीका पारखीहरु बढ्ने क्रममा रहेको म्यानेजर निकेश यादवले भने । हाम्रो सुरुवाती चरणमा ग्राहकहरुको संख्या थोरै भएपनि अहिले टाढा टाढाका ग्राहक आइरहेका छन । शुक्रबार, शनिबार र आइतबार भिड नै लाग्ने गरेको छ, उनीरुको स्वास्थय र सुरक्षालाई ध्यानमा राखी नियमित रुपमा पानी प्रसोधन र परिवर्तन गर्ने गरेको बताए ।

हामीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै व्यस्कलाई ३००, बच्चाहरुको २५० र हेर्न आएकालाई १०० रुपैया टिकट तोकेका छौ, विस्तारै गेमहरु पनि अपडेट गर्दै लगिरहेको म्यानेजर यादवले भने ।

पानी पारखीहरुको रोजाई नै बेभ पुल हुने गरेको छ, अन्य खेल संयन्त्रमा रमाउनु भन्दा समून्द्र अनुभुति यहाँ पाएकोले बढी आकर्षणा रहेको हुन्छ । नेपाल भुपरिवेष्ठित मुलुक र भारतको उत्तरी क्षेत्रसँग समुन्द्र नछोइएकोले पनि कृत्रिम समून्द्रीक अनुभूति लिन वाटर पार्क आउने गरेका छन ।

रुपन्देहीको भैरहवा अहिले नैपालकै उच्च तापक्रम भएको शहर हो । २ साता देखि भैरहवाको तापक्रम उच्च मापन गरिएपनि पछिल्लो २–३ दिन देखि तापक्रम मापनमा गिरावट आएपनि गर्मी भने कम भएको छैन । जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिले सम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले भने । भैरहवाको हाल सम्मकै उच्च तापक्रम भने सन १९९५ को मे ३ मा ४५ दशमलव २ पुगेको मापन भएको थियो । भैरहवाको यो साताको सरदर तापक्रम अधिकतम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विगतका केही दिन देखि भैरहवाको तापक्रम यही अनुपातमा रहेको छ । गर्मीले मानिस अतालिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *