बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदीको चेतावनी

No ads found for this position
No ads found for this position

काठमाडौं- साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी जारी गरेको छ ।

गृहमन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ ।

गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ ।

नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ । सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ ।

यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *