काठमाडौंका अस्पतालमा उपचार गराउन जाँदा चिकित्सक नभेटिए महानगरले कारबाही गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित शिक्षण संस्थाहरुमा आवद्ध अस्पतालहरुमा स्वास्थ्य सेवा लिन जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नभेटिने, उनीहरु आफ्नो जिम्मेवारी भन्दा बाहिरको व्यक्तिगत काममा जाने गरेको पाइएमा महानगरपालिकाले कर्मचारीलाई कारबाही गर्ने चेतावनी छ।

नियमानुसार अस्पताल तथा सामुदायिक विद्यालयहरुमा बसेर स्वास्थ्य सेवा नदिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी काठमाडौं महानगरपालिकाको दिएको हो।

महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै नगर क्षेत्रमा सञ्चालिन शिक्षण संस्था र अस्पतालहरुमा कार्यरत शिक्षक, प्रशिक्षक र कर्मचारीहरुलाई स्वास्थ्य सेवा नियमित गर्न र नगरेमा महानगरले कारबाही गर्ने चेतावनी दिएको हो।

‘अस्पतालहरुमा शल्यक्रिया, सीटी स्क्यान, एमआरआई जस्ता सेवाका लागि महिनौँसम्म कुर्नुपर्ने गुनासो पनि सर्वसाधारणबाट आएको छ,’ महानगरको सूचनामा भनिएको छ, ‘ऐन नियमअनुसार चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक र कर्मचारीहरुले प्रचलित कानुनी व्यवस्था अनुसार आफूलाई खटाएको ठाउँमा गएर नियमित काम गर्न सम्बद्ध व्यक्ति, पदाधिकारी तथा संस्थालाई महानगर हार्दिक अपिल गर्न चाहन्छ।’

कानुनी व्यवस्था बमोजिम सर्वसाधारणहरुले अस्पतालहरुबाट सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उलंघन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्था बमोजिम त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्ने चेतावनीसमेत महानगरले दिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *