काभ्रेका आगलागी पीडितलाई अध्यक्ष गुरुङको सहयोग

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले काभ्रे पुगी आगलागी पीडितलाई सहयोग गरेका छन् ।

अध्यक्ष गुरुङले काभ्रेको रोशि गाउँपालिका वडा नं. ४ मा भएको आगलागी बाट पीडित भएका घर परिवारलाई २० ओटा ब्ल्याङ्केट हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष गुरुङले आज एक कार्यक्रम बिच नेपाल तरुण दल काभ्रेका जिल्ला अध्यक्ष सुजन लामा मार्फत पीडितहरूलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा काभ्रेबाट प्रतिनिधित्व गर्ने नेपाल तरुण दल केन्द्रीय सदस्य स्मिता मोक्तान तामाङ , कुलध्वज तामाङ, दिल लामा, अशोक झा र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाका पार्टी सभापति रुपकाजि लामा लगायतको उपस्थिति रहेको थियो ।

नजिकको सामुदायिक वनबाट फैलिएको आगोले काभ्रेको रोशि गाउँपालिकाको वडा नं. ४ मा आगलागी भई १८ ओटा वटा घरमा क्षति पुर्‍याएको थियो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *