कांगेससँग गम्भीरतापूर्वक छलफल भयो, भोलि निष्कर्ष आउँछ: प्रधानमन्त्री (भिडियो)

'सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कांग्रेसको कुनै अवरोध हुँदैन'

No ads found for this position
No ads found for this position
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने बताएका छन्।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले आज बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने बताए ।
आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले कांग्रेससँग सोमबार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए ।
उनले भने, ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगेपनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’
नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको बताएको छ। छलफल प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको थियो ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
यो पनि पढ्नुस-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *