दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटनाको यथार्थ अहिलेसम्म आउन सकेन

No ads found for this position
No ads found for this position

काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो घटना अझै रहस्यको छ ।

२०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास भएको थियो ।

गोलीकाण्डमा परि राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको समेत मृत्यु भएको थियो।

उक्त घटनामा परि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

दरबार हत्याकाण्डमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको भए पनि आमनागरिकले त्यसलाई स्वीकार गर्न सकेका छैनन् ।

यो हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने आमनागिकले माग गर्दै आएको छन् । यस घटनाको विभिन्न दलका नेताहरूले सरकार बाहिर रहँदा रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि विर्सँदै आएका छन् ।

गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरि सत्य, तथ्य बाहिर ल्याउने वाचा गरेका थिए । प्रचण्ड तीन पटक प्रधानमन्त्री बनिसके । अहिले पनि प्रधानमन्त्री छन् । तर यस विषयमा कुनै कदम उनले चालेका छैनन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *