अमेरिकाले सन्दीपलाई भिसा नदिएर हाम्रो अपमान गर्‍यो : ज्ञानेन्द्र शाही

No ads found for this position
No ads found for this position

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् । शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशको अपमान भएको बताए ।

उनले भने, ‘सन्दिप लामिछानेलाई भिसा नदिनु भनेको सन्दीप र नेपाली नागरिकको मात्र होइन यो सिंगो नेपालकै अपमान हो ।’

उनले उच्च अदालतले निर्दोष घोषणा गरेको मान्छेलाई भिसा लाग्दैन ? भनि सदनमा प्रश्न गरे ।

उनले एउटा राष्ट्रिय खेलाडीलाई भिसा नदिएर एक देशले अर्को देशको अस्तित्व स्वीकार नगरेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *