गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई छलफलका लागि बोलाइयो

No ads found for this position
No ads found for this position

काठमाडौं – सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशको सन्दर्भमा छलपलका लागि बोलाएको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवैजनालाई उपस्थित हुन भनेको हो ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेशसहित दुवैजनालाई छलफलका लागि उपस्थित हुन भनेको अधिवक्ता भट्टराईले नेपाल प्रेसलाई बताए ।

सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानूनी रहेको भन्दै दुवैजनालाई कारबाहीका लागि रिट दायर भएको थियो ।

अदालतले अन्तरिम आदेशका लागि छलफलको मिति दिन बाँकी रहेको अधिवक्ता भट्टराईले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *