युवा संघमा नेतृत्वको लफडा नल्याउन ओलीले दिए निर्देशन ।

No ads found for this position
No ads found for this position

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघमा नेतृत्वको लफडा नल्याउन निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेतृत्व चयनमा अप्ठेरो परे पार्टीमा आउन निर्देशन दिए ।

उनले भने, ‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्, सुन्नै नपरोस् । नेतृत्व र पदका लफडा । अप्ठेरो पर्‍यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भन्दिन्छौं ।

हामीले कामको मूल्यांकन गरेर बसेका छौं नभनेका मात्रै हौं । हामी धेरै भन्दैनौं, कसको कहाँ सच्याउनुपर्ने, तर अध्यक्ष एउटै हुने हो । उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष, तर चाहिने कुरा होइन ।

मान्छेहरुको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो । त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो । प्रदेश-प्रदेशमा उपाध्यक्ष चाहिँदैन भन्छ । किन चाहिएको छ ? सकेसम्म सच्याउनुस् ।’

अध्यक्ष ओलीले पार्टीको मिसनमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । राष्ट्रिय एकताको विपरीतमा हुने कुनै काममा नलाग्न उनले निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *