न्यूरोडमा महानगर र सडक बिभाग आमने सामने

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ ।

सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो । सडक बिभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ । अहिले केहि स्थानीयहरु महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरिरहेको छ ।

यस अघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *