एनआरएनए बेल्जियमकि महासचिव रुबिनाको आपत्ति

No ads found for this position
No ads found for this position

बेल्जियम – गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटाले विद्यान विपरित एकलौटी निर्णय गर्न थालेपछि संस्थामा विवाद बल्झिएको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमको आज ३ जुनमा बोलाइएको बैठकप्रति महासचिव रुविना शर्माले ध्यानार्कषण भएको जनाएकी छन् ।

रुविनाले एक विज्ञप्ति जारी गर्दै विद्यानको धारा १२.५ को उपधारा १२.३.५ मा अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउन सक्ने वैधानिक प्रावधान भएपनि अध्यक्ष सापकोटाको एकलौटी निर्णयमा विधान विपरित उपमहासचिवको प्रयोग गरिनु विधान विपरित रहेको बताएकी छन् ।

संस्थाको महासचिवसंग कुनै परामर्श विना आब्हान गरेको बैठक तत्काल स्थगित गरेर संस्थाको आन्तरिक समस्या समाधान गरेर मात्र बैठक बोलाउन उनले आग्रह गरेकी छन् ।

गैरआवासीय नेपाली संघको अभियान नै निकै अप्ठ्यारो परिस्थितिमा गुर्जिएको अवगत गराउंदै शर्माले सर्वोच्च अदालतको फैसलाको भावना अनुरुप सबै पक्षलाई समेटेर सामाजिक एकता र सदभाव राख्नुपर्ने अवस्थामा एकल र विधान विपरित बैठक बस्नु अदालतको मानहानी र सामाजिक एकता भड्काउने काम भएको उनको ठहर छ ।

संस्थाको विधान र सर्वोच्च आदालतको भावना समेत अपहेलना गर्दै एकलौटी रुपमा बोलाइएको बैठकमा भएका निर्णयहरुप्रति कानूनी र नौतिक प्रश्न समेत उठ्न सक्ने तर्फ इंगित गर्दै शर्माले कार्यसमिति सदस्यहरुलाई संस्थागत एकताको पक्षमा उभिन पनि आग्रह गरेकी छन्  ।

विज्ञप्ति-



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *