चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीतमा‘बहुरानी’ सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ को शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरियो ।समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्नु पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप ‘बहुरानी’ निर्माण गरिएको छ ।

अनु चौधरीको स्वर र विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियोलाई अत्यन्तै आकर्षक ढंगबाट खिचिएको छ । धेरै कोरोस डान्सरहरुको साथमा कलाकारहरु रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु दिपक भुर्तेल आदिको अभिनय छ । बुद्ध थापाको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाइ केशव भट्टले निर्देशन गरेका हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *