‘मालती र मंगले’ मार्फत गायक सुजनको गायनमा कमब्याक

No ads found for this position
No ads found for this position

काठमाडौं । गायक सुजन ढकालले नयाँ गीत ‘मालती र मंगले’ ल्याएका छन् । डीपी खनालको शब्द र राजन तिमिल्सिनाको संगीत रहेको गीतमा गायनमा सुजनलाई मेलिना राईले साथ दिएका छन् । गीतको एरेन्जर विषम आचार्य हुन् ।

युवायुवतीको प्रेम सम्बन्धलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् । भिडियोमा हरिश निरौला ‘कक्रोच’, दीपा शाही र सुरेन बसेलले अभिनय गरेका छन् । भिडियोमा अजय रेग्मीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र माधव बेल्वासेको सम्पादन तथा कलर संयोजन रहेको छ । करिब २ दर्जनभन्दा बढी गीतहरु रेकर्डिङ गरिसकेका गायक सुजनको यसअघि एउटा गीति सग्रह पनि आइसकेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *