भारतमा कम्युनिस्टले जोगायो बीउ

No ads found for this position
No ads found for this position

काठमाडौं- भारतको लोकसभा निर्वाचनमा निरन्तर कमजोर बन्दै गइरहेका वामपन्थी दल क्लिन स्वीप हुनबाट जोगिएका छन् । नरेन्द्र मोदीको उदयसँगै कमजोर बनेका भारतीय कम्युनिस्ट दलले यसपटक ९ सीट जित्न सफल भएका छन् ।

भारतको लोकसभा निर्वाचनमा भाग लिएकामध्ये चारवटा कम्युनिस्ट पार्टीले संसदमा प्रतिनिधित्व पाएका हुन् । तीमध्ये सबैभन्दा ठूलो भारतीय कम्मयुनिस्ट पार्टी माक्र्सवादीले ४ सीट जितेको छ ।

उसले देशभर ५२ जना उम्मेदवार खडा गरेकोमा ४० जना पराजित भए । यो पार्टीका महासचिव सिताराम यचुरी छन् । उनको पार्टीले तमिलनाडुमा २ सीट,केरल र राजस्थानमा एक एक सीट जितेको छ ।

राजस्थानको सिकारबाट अमराराम,केरलको अलाथुरबाट के राधाकृष्णनले लोकसभा सदस्य जितेका छन् । त्यस्तै तलिनाडुको मधुराइबाट भेनकाटेसन र दिनदिगुलबाट सचिथानाथमले जित्न सफल भएका छन् ।
पश्चिम बंगालमा ३३ वर्षभन्दा लामो समय शासन गरेको यो पार्टीले त्यहाँ भने एक सीट पनि जित्न सकेन । यसअघि २०१९ मा ३ सीट जितेको पार्टीले योपटक एक सीट थपेको छ ।

त्यस्तै कम्युनिस्ट पार्टी अफ इण्डियाले ३० जना उम्मेदवार उठाएकोमा२ सीट जितेको छ । उसले दुवै सीट तमिलनाडुबाट जितेको हो । सेलभराज भी र सुब्बरायन के सिपिआइबाट निर्वाचित भएका हुन् । यो पार्टीको महासचिव डि राजा छन् ।

त्यस्तै ७ सीटमा प्रतिस्पर्धा गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी ९लिवरेसन० ले २ सीट जितेको छ । यसअघि सो पार्टी लोकसभामा प्रतिनिधित्वविहीन थियो ।

दिपांकर भट्टाचार्य नेतृत्वको उक्त पार्टीले दुवै सीट विहारबाट जितेको हो । राजा राम सिंह कारकात जिल्ला र सुदामा प्रसादले विारहको अराह जिल्लाबाट सिपिएम एमएल लिवरेसनको खाताम २ सीट दिएका हुन् ।

त्यस्तै मनोज भट्टाचार्य नेतृत्वको रिभोलुसनरी सोसलिस्ट पार्टीले पनि तमिलनाडुबाट एक सीट जितेको छ । यसअघि त्यस पार्टीले पनि लोकसभामा प्रतिनिधित्व गर्न सकेको थिएन । यी चार वटै पार्टी भाजपा विरोधी गठबन्धनमा छन् ।

पश्चिम बंगाल र केरललाई आधार क्षेत्र बनाएका कम्युनिस्ट पार्टीहरु त्यहाँ निकै कमजोर बनिरहदा तमिलनाडुमा भने विस्तार भएको देखिएको छ । विहारमा २ सीट जितेको माले लिवरेशन र माक्र्सवादी अन्य क्षेत्रमा पनि सशक्त प्रतिस्पर्धी देखिएका छन् । केही सीटमा झिनो मतले पराजित भएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *