समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्ने गृहकार्य भइरहेको छ :देव गुरुङ

No ads found for this position
No ads found for this position

सुर्खेत-नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चामा आबद्ध दलहरुबीच पार्टी एकता संयोजन समिति गठनतर्फ गृहकार्य भइरहेको बताएका छन् ।

शुक्रवार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै महासचिव गुरुङले जसपा विभाजन भए पनि मोर्चामा फरक नपर्ने बताए ।

गुरुङले भने–ढिलोचाँडो समाजावादी मोर्चाबाट पार्टी एकताको दिशामा हामी अघि बढ्छौं ।

पार्टी एकता संयोजन समिति बनाउनेतर्फ गृहकार्य भइरहेको छ । समाजवमादी मोर्चामा भएका घटकमात्र होइन बाबुराम भट्टराईजीको पार्टी विभाजित भएको छ ।

महेन्द्र राय यादवजीलगायत साथीहरु पार्टी एकताकै लागि तयार हुनुहुनछ । त्यसैले हामी समाजवादी मोर्चाबाट पार्टी एकताको दिशातर्फ एक स्टेप अघि बढ्ने सम्भावना छ ।

समाजवादी मोर्चामा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जसपा र विप्लव नेतृत्वको नेकपा एस आबद्ध छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *