लठ्ठा चुँडिदा १३ वटा खच्चड झोलुङ्गे पुलमा अड्किए, उद्धार कार्य जारी

No ads found for this position
No ads found for this position

धनगढी- अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड फसेका छन् ।

आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको लठ्ठा चुँडिदा खच्चड फसेका हुन् ।

अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारका लागि पुलको जाली काटिएको छ ।

अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदीमाथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चर अड्किन पुगेका थिए।

लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए । ती खच्चरको उद्धार भइरहेको प्रहरीले जनाएको छ । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *