म्यूजिक खबर म्यूजिक अवार्डमा गायक प्रचण्ड राईले प्राप्त गरे पप आधुनिक विधामा अवार्ड

No ads found for this position
No ads found for this position

काठमाडौं । श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा गायक प्रचण्ड राईले ‘दिल खोलेर कुरा गर न’ बाट सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक विधामा अवार्ड प्राप्त गरेका छन् ।
यस्तै प्रतिष्ठित गीतकार चुडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । गीतकार देवकोटालाई नगद राशि ५१ हजार रुपैयाँसहित म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गरिएको हो । पाँच दशकभन्दा लामो समय गीतसंगीत, साहित्यमा जीवन समर्पण गरेवापत उहाँको योगदानको सम्मानमा म्यूजिक खबरले सम्मान अर्पण गरेको हो ।
त्यसैगरी पप सम्राट ओम बिक्रम विष्टलाई म्यूजिक खबर डायस्पोरा संगति सम्मान अर्पण गरिएको थियो । नेपाल कला संस्कृति, गीत संगीत र साहित्यको श्रीबृद्धिमा विदेशमा रहेर पनि निरन्तर योगदान पुर्याएबापत बापत उहाँलाई डायस्पोरा संगीत सम्मान अर्पण गरिएको हो । त्यसैगरी तीन दशक लामो समयदेखि गायन, संगीत र संगीत संयोजनको माध्यमले योगदान गरेका अशोक कुमार राईलाई म्यूजिक खबर रजत संगीत सम्मान अर्पण गरिएको थियो ।
म्यूजिक खबर दशक संगीत सम्मानबाट दुई जना स्रष्टलाई सम्मान गरिएको थियो । लोकप्रिय गायक राजु परियार र लोकप्रिय गायिका रिता थापा मगरलाई म्यूजिक खबर दशक संगीत सम्मानबाट सम्मानित गरिएको थियो । उहाँहरु दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा क्रियाशील रहँदै सधैं चर्चाको शिखरमा रहँदै आएका छन् । त्यस्तै लोकप्रिय गायक, सर्जक बैकुण्ठ महतलाई म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान अर्पण गरिएको थियो भने बाल गायक अशोक दर्जीलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरिएको थियो ।
त्यस्तै तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्यलाई म्यूजिक खबर संगीत पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उनीहरुलाई नगद राशि ५५५५ रुपैयाँसहित सम्मान अर्पण गरिएको हो । त्यस्तै प्रवासमा रहेर पनि नेपालीहरुको सुखदुःखको सारथी बन्दै आएका व्यवसायी समाजसेवी विष्णु शाही ठकुरीलाई म्यूजिक खबर सामाजिक व्यक्तित्व सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा विभिन्न ३८ विधाका स्रष्टा, सर्जक, कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । राष्ट्रिय, पप, आधुनिक, लोकदोहोरी, चलचित्र क्षेत्रका स्रष्टा कलाकारहरुको बीचमा अवार्ड सम्पन्न भएको थियो । अवार्डमा गायक कर्ण दास र गायिका संगीता राना प्रधान उत्कृष्ट आधुनिक गायक गायिका घोषित भएका थिए । गायक कर्ण दास प्रतिक्षा गीतबाट उत्कृष्ट गायक घोषित भएका हुन् भने संगीत राना प्रधान आँसुका कथाबाट उत्कृष्ट गायिका घोषित भएकी हुन् ।
त्यस्तै लोकदोहोरी विधातर्फ गायक राजु गुरुङ र गायिका सन्जु न्यौपाने उत्कृष्ट गायक गायिका घोषित भए । डुम्रे बजार गीतबाट गायक राजु गुरुङ र लामो कपालबाट गायिका सन्जु न्यौपाने उत्कृष्ट गायक गायिका लोकदोहोरी घोषित भएका हुन् । त्यसैगरी चलचित्रतर्फ गायक राजनराज शिवाकोटी र गायिका सत्यकला राई उत्कृष्ट गायक गायिका घोषित भएका हुन् । चलचित्र प्रसाद–२ को मार्सी धान गीतबाट राजनराज शिवाकोटी उत्कृष्ट भएका हुन् भने चलचित्र काँडेतारको काँडेतार शीर्ष गीतबाट गायिका सत्यकला राई उत्कृष्ट हुन सफल भएकी हुन् ।कार्यक्रममा सम्मानित गीतकार राजेन्द्र थापा, सम्मानित गायिका तीर्थ कुमारी थापा, प्रतिष्ठत कवि तथा पूर्व मन्त्री एसपी कोइराला, पूर्वमुख्य सचिव बिमल कोइराला, उपरथी डा.आशबहादुर तामाङ, वरिष्ठ निर्देशक गीतकार प्रकाश सायमी, प्रतिष्ठित अभिनेत्री भुवन चन्द, बसुन्धरा भुसाल र चैत्यदेवी सिंह, वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका पूर्व रजिष्ट्रार विसु कुमार केसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ निर्देशक, गायक तथा संगीतकार नारायण रायमाझी, आवाजको दुनियाँको साथी दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, रेडियो नेपाल बोर्ड सदस्य सिताराम पोखरेल, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र कलाकार संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष गायक दुर्गा रायमाझी, पूर्वअध्यक्ष गायक बद्री पंगेनी, पूर्व अध्यक्ष गायक चन्द शर्मा, एभरेष्ट कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, संगीतकर्मी उज्ज्वल जंग ठकुरी, तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरुङ, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर लगायतको विशिष्ट कला साधक एवं संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *