म्यारिज एनिभर्सरी भिडियो ल्याउदै समाजसेवी गणेश प्रसाईं

No ads found for this position
No ads found for this position

काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले आफ्नो २५ औ बैबाहिक वर्षगाँठको अवसर पारेर तयार गरेका म्युजिक भिडियो चाडै नै सार्वजनिक गर्दै छन् ।

‘अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र समाजसेवी गणेश प्रसाईंकी धर्मपत्नी देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ ।

नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन रहेको छ ।

केहि दिनअघि २५ औ बैबाहिक वर्षगाँठ मानाउन नेपाल आएको बेला उनले आफनी श्रीमती देवीलाइ डेडिकेटेड गर्दै चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भब्य रुपमा भिडियोको छायांकन गरेका थिए जसको अहिले पोस्ट प्रोडक्सनको काम भैरहेको र केहि दिनमै सार्वजनिक गरिने समाजसेवी प्रसाईंले जानकारी दिनु भयो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *