भारत भ्रमणमा प्रधानमन्त्रीको के-के विषयमा छलफल भयो ? संसद्‍लाई जवाफ दिनुपर्छ : एमाले (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गरेका छन् ।

उनले भने, ‘भातरसँग सीमाको समस्या त्यतिकै छ, ईपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाती रहेका समस्याहरू जस्ताको तस्तै छ । त्यसैबारे प्रधानमन्त्रीको भ्रमणको बिषयमा के कुराकानी भए सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस् ।’

उनले प्रधानमन्त्रीले बाहिर मिडियामा बोल्ने होइन पहिलो बोल्ने ठाउँ सदन भएको बताए ।

उनले भने ‘सभामुखबाट रुलिङ हुनुपर्छ । प्रधानमन्त्रीले आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो । उहाँका भारतीय प्रधानमन्त्रीसँग के-के विषयमा, सार्कका विषयमा, थाँती रहेका बिभन्न विषय समाधान गर्ने विषयमा के के कुरा भयो ? संसदलाई सम्बोधन गरेर विस्तृत रुपमा जानकारी दिनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भइ सोमबार नेपाल फर्किएका थिए । भारतमा रहँदा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेशमन्त्री मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गरेका थिए ।

सांसद पन्तले प्रधानमन्त्रीबारे अरु के-के भने ? भिडियोमा हेर्नुस्-

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *