हास्य कलाकार ‘माग्ने बुडा’कि श्रीमती ‘सानो संसार’मा

No ads found for this position
No ads found for this position

काठमाडौँ —’चपलीहाइट ३’का निर्माता अर्जुन कुमारले नयाँ फिल्म’सानो संसार’ निर्माण गर्दैछन् ।

निर्माताका अनुसार फिल्मको प्रमुख भूमिकामा सितादेवी तिमिल्सिना देखिँदैछिन् । तिमिल्सिना हास्यकलाकार केदार घिमिरे उर्फ ‘माग्ने’की पत्नी हुन ।

यही फिल्मबाट कलाकारहरु राज पंगेनी शर्मा,अनु दाहाल,अन्जसा रिजाल,शिशिर सिवाकोटीले डेब्यू गर्दैछन् ।

निर्माण टिम ३० दिनको सेड्युल बोकेर छायांकनस्थल पुगिसकेको छ ।

फिल्मको छायांकन नुवाकोट र धादिङमा हुनेछ । ‘यो फिल्ममार्फत मैले थुप्रै कलाकारलाई नेपाली फिल्म क्षेत्रमा डेब्यू गराउँदैछु ।

निर्देशकले पनि डेब्यू नै गर्दै हुनुहुन्छ । नयाँ अनुहार र नयाँ कन्सेप्ट ल्याउनका लागि यो टिमलाई मैले रोजेको हुँ,’निर्माताले बताए ।

फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नेछन् । निर्देशक पुडासैनीलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी हुन् ।

निर्माण अगावै यो टिमले फिल्मको प्रदर्शन मिति पनि तय गरिसकेको छ । यो फिल्म आगामी दशैंको घटस्थापनामा प्रदर्शन गर्ने तयारी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *