फिल्म ‘ऊनको स्वीटर’ छायांकनमा

No ads found for this position
No ads found for this position

काठमाडौँ -फिल्म ‘ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । पाँचथरको साधुटारमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिका रहनेछ ।

अन्य कलाकारहरु एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती पनि फिल्ममा देख्न पाइनेछ ।

नवीन चौहानले निर्देशन गर्ने चलचित्र’ऊनको स्वीटर’को कथापनि निर्देशक स्वयमले लेखेका हुन।

चिन्तनराज भण्डारीको छायांकन रहने चलचित्र यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्देशक चौहानले बताए ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *