जनताको दुख र पीडा बुझ्न धनकुटाको हाटबजार र घर-घरमा पुग्दै पूर्व मन्त्री (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

धनकुटा- पूर्व मन्त्री तथा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा अहिले गृह जिल्ला धनकुटामा व्यस्त छन् ।

उनले धनकुटाको चौबिसे गाउँपालिका अन्तर्गत राजारानी मौनाबुधुक, बोधे हमेला लगायतका विभिन्न ठाउँमा कार्यकर्ताहरूसँग भेटघाट गरी त्यहाँका जनताका दुख सुख बुझ्ने जमर्को गरेका छन् ।

अहिलेको वर्तमान समयमा धनकुटाका जनताले कस्तो जीविकोपार्जन गर्दै छन् र दुख र पीडामा परेकाहरूलाई आँफूले के गर्न सकिन्छ भनी सुझाव लिन उनी जनताको घर आँगनमा पुगेका हुन् । यसरी जनताको घर आँगनमा पुगेर दुख सुख बुझ्न पाउँदा आँफूलाइ खुसी लागेको र यसबाट ठुलो प्रेरणा र हौसला मिलेको उनले बताए।

उनले धनकुटाको राजारानीमा लाग्ने साप्ताहिक हाट बजारको समेत अवलोकन गरेका छन् ।

हाटबजारमा आएका सर्वसाधारण जनता र व्यापारी सँग बजारको जानकारी लिँदै उनले त्याँहाको कृषि, लोकल उत्पादन र पर्यटकको सम्भावना बारेमा जानकारी लिएका छन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *