मध्यराति आएको पहिरोमा पुरिएर ४ जनाको मृत्यु, २ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ताप्लेजुङको फक्ताङलुङमा एकै घरका ४ जनाको मृत्यु भएको छ भने पहिरोमा पुरिएर २ जना घाइते भएका छन्।

फक्ताङलुङ गाउँपालिका-२ गएराति करिब १ बजे पहिरो गएको पहिरोमा परि घर पुरिँदा ७० वर्षीय रामबहादुर चाम्रा लिम्बू, उनकी श्रीमती ४८ वर्षीया जसमाया, उनीहरुका जुम्लिया छोरीहरु नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरिका अनुसार भिरालो जमिनमा ढुंगामाटोले बनेको २ तले घरमा राति सुतिरहेको बेला माथिबाट आएको पहिरोले घर बगाउँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। पहिरोले घरसँगै रहेको गोठ बगाउँदा चौपाया पनि मरेका छन्।

सोही गाउँमा गएको अर्को पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *