कावासोती पालिका र नगरप्रमुखको घरमा ढुङ्गामुढा, तनावग्रस्त बन्दै

No ads found for this position
No ads found for this position

नवलपुर- नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । नाला खन्ने क्रममा पुरिएर तीन जनाको पुरिएर मृत्युको विसयलाइ लिएर मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र उनको नीजि निवासमा तोडफोड गरेका छन् ।

नगरपालिकाको लापरवाहीले उनिहरुको मृत्यु भएको भन्दै नगरप्रमुखको राजीनामा माग्दै उनिहरुले ढुङ्गामुढा र तोडफोडमा उत्रिएका हुन् । यसबाट पालिकामा ठुलो क्षति पुगेको छ भने नगरप्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् ।

पीडितपक्ष वार्ता गर्न भनेर नगरपालिका गएपनि नगरप्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोसित बन्दै गएका छन् । नाला खन्ने क्रममा पुरिएर हिजो कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो ।

कावासोती फलफूलचोकदेखि पूर्वतर्फ ११ फिट गहिरो नाला निर्माणको काम भइरहेको छ । उक्त नाला निर्माण गर्ने क्रममा डोजरले खन्ने र मजदुरले भुँइमा ढुङ्गा सोलिङको काम गरिरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा पुरिएर तीन जना मजदुरको मृत्यु भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *