राजनीति भन्दा चलचित्रमा काम गर्न सजिलो :कंगना

No ads found for this position
No ads found for this position

काठमाडौं -सन् २००६ मा फिल्म ‘ग्याङ्गस्टर’बाट कंगना रनौतमा डेब्यू गरेकी कंगना रनौतले बलिउडमा १८ वर्ष पूरा गरेपछि राजनीतिमा प्रवेश गरिन् ।

हिमाचलको मण्डीबाट सांसदमा निर्वाचित कंगना रनौतले एक अन्तर्वार्तामा आफ्नो डेब्यू फिल्म ‘ग्याङ्गस्टर’ पछि राजनीतिमा आउन प्रस्ताव आएको खुलासा गरेकी छन् ।

कंगनाले भनिन्,मेरो परिवार पनि राजनीतिमा सक्रिय भएकै कारण मलाई राजनीतिमा आउन भनियो । फिल्म ‘ग्याङ्स्टर’ पछि मलाई टिकटको अफर आयो ।

मण्डीका जनताले मलाई यो अवसर दिएका छन् किनभने उनीहरूलाई भ्रष्टाचारीहरूबाट जोगाउने व्यक्ति चाहन्छन्। म तिनीहरूलाई निराश गर्नेछैन। कगंनाले भनिन् ।

राजनीति र अभिनयबीच सन्तुलन कायम गर्ने कुरा गर्दै कंगनाले भनिन्, ‘म आफ्नो प्यासन फलो गर्ने व्यक्ति हुँ। म फिल्म इन्डस्ट्रीमा अभिनेता, लेखक, निर्देशक र निर्माताको काम गरिसकेको छु । त्यसै गरी राजनीतिक करियरमा जे गर्न सकिन्छ त्यही गर्नेछु ।

उनले भनिन्, ‘राजनीति गर्नुभन्दा फिल्ममा काम गर्न सजिलो हुन्छ भन्ने मलाई लाग्छ । यहाँ धेरै मेहनत गर्नुपर्ने हुन्छ ।’

पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिने उनको अर्को फिल्म ‘इमर्जेन्सी’ हो ।

फिल्म ‘इमर्जेन्सी’ कंगना आफैँले निर्देशन गरेकी हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *