महालक्ष्मीमा हुने ‘चलचित्र कार्यशाला’मा सहभागी हुन निर्देशक घिमिरेको अनुरोध

No ads found for this position
No ads found for this position

काठमाडौं- धनकुटाको महालक्ष्मी नगरपालिकामा यही असार ८ गते हुने एक दिने चलचित्र कार्यशाला हुने भएको छ । कार्यशाला नगरपालिकाको हलमा हुन लागेको हो ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत चलचित्र विकास बोर्डको सहकार्यमा गरिने कार्यशालामा फिल्म निर्माण, निर्देशन, स्क्रिप्ट लेखन, छायाङ्कन तथा अभिनय लगायतका विषयमा सिकाइने छ ।

कार्यशालामा कोशी प्रदेशबाट जो कोहीले निःशुल्क सहभागी बन्न पाउने फिल्म निर्देशक विश्वमणी घिमिरेले जानकारी दिए । यसबाट कोशीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन र दक्ष चलचित्रकर्मी उत्पादन गर्नमा कार्यशाला महत्वपूर्ण हुने उनले बताए ।

घिमिरेका अनुसार ‘नेपाली चलचित्रमा पर्या-पर्यटन तथा युवाहरूको भूमिका’ सम्बन्धी एक दिने चलचित्र कार्यशाला २०८१ ले नेपाली चलचित्र, चलचित्रमा पर्यटन र अन्तर्राष्ट्रिय बजार विस्तारबारे आधारभूत प्रशिक्षण दिइने छ ।

कार्यशालामा वरिष्ठ कलाकार लेखक निर्देशक तथा कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ कलाकार मुकुन्द मैनाली र फिल्म निर्देशक विश्वमणी घिमिरे लगायतले प्रशिक्षण दिने छन् । कार्यशालाको प्रमुख अतिथिका रूपमा राष्ट्रपतिका राजनीतिक सल्लाहकार तथा पूर्व मन्त्री सुनिलबहादुर थापा, अतिथिमा नगर प्रमुख ध्रुवराज राय, नगर उप प्रमुख मञ्जु कुमारी कार्की(अधिकारी) लगायतको उपस्थिति रहने छ ।

कार्यशाला सकिएपछि सहभागीहरू लाई प्रमुख अतिथि, अतिथि र कलाकार लगायतबाट प्रमाणपत्र दिइने छ । कार्यशालामा सहभागी हुनका लागि ९८५११२४८३३ मा फोन वा एसएमएस मार्फत पनि आफ्नो नाम र ठेगाना टिपाउन सकिने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *