टी-२० विश्वकप- बंगलादेशसँग २१ रनले हार्‍यो नेपाल

No ads found for this position
No ads found for this position

काठमाडौं- टी-२० विश्वकप अन्तरगत आज भएको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । यो सँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

१ सय ७ रनको लक्ष्य दिएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सफल भयो।

कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । भने
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय ६ रन बनाएको थियो ।

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई-दुई विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग स्पिनर सन्दीपले १ सय विकेट पुरा गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *