युरोकपमा पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं- पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो ।

पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो ।

चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।

अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *