रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशी खेलाडीलाई आईसीसी गर्यो कारबाही

No ads found for this position
No ads found for this position

काठमाडौं- टी-२० विश्वकपमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

आईसीसीले तान्जिमलालाई म्याच फिको १५ प्रतिशत रकम काटिने गरी कारबाही गरिएको जनाएको हो ।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि भनाभन भएको थियो।

तान्जिमले रोहितलाई हातले धक्कासमेत दिएका थिए । ताम्जिमलाई बंगलादेशका लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए ।

आईसीसीले आचारसंहिता २.१२ उल्लंघन गरेको पाइएकाले उनीमाथि कारबाही गरिएको जनाएको छ ।

नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । यो खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराउँदै समूह डी बाट ६ अंकका साथ सुपर ८ मा स्थान बनाएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *