नआत्तिनुहोस् ! मेलम्चीको पानी आजको भोलि नै बन्द हुँदैन

No ads found for this position
No ads found for this position

काठमाडौं । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानले मनसुन शुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको बताए ।

विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको बताए । तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरीने कार्यकारी निर्देशक लामिछानेले बताउ ।

कार्यकारी निर्देशक लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताए । सबै सावधानिका उपायहरु अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताए । उनले मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको बताए । उनले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताए ।

मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कार्यकारी निर्देशक लामिछाने बताए । उनले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि आयाजनाले हेडबक्स बन्द गर्ने बताए ।

आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उनले मलम्चीको पानी बन्द भएपनि उपत्यकावासीलाई पानीको अभाव भने हुन नदिने बताए । उनले मनसुन सक्रिय भएसँगै पानीका स्रोतहरु पानीको बहाव बढ्ने तथा इनारमा समेत पानी बढ्ने बताए ।

उनले मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी रहेको बताए । उनले मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको आपूर्ति व्यवस्थापनलाई सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी भएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *