टी- २० विश्वकप : जितसँगै इङ्गल्याण्ड सेमिफाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौँ । इङ्गल्यान्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङ्गल्याण्डले समूह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछाएको इङ्गल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

इङ्गल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाएको थियो । अमेरिकालाई अलआउट गर्ने क्रममा इङल्याण्डका बलर क्रिस जोर्डनले १९औ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

यो जितपछि इङल्याण्डको सुपर आठको समूह २ मा ३ खेलमा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यस्तै यस समूहबाट अब सोमबार बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *