जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा
काठमाडौँ । जर्मनी र स्वीटजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन् ।
गए राती सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीछजरल्याण्ड प्रतियोगिताको नकआउट चरणमा पुगेका हुन् ।
यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यस अघि स्वीटजरल्याण्डका लागि खेलको २८औँ मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको नकआउट चरणमा पुगेको छ भने स्वीटजरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै समूह ए बाट हंगेरीले स्कटल्याण्डलाई १(० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक बटुलेको छ र समूहमा तेस्रो भएको छ । हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ । सबै ६ समूहका तेस्रो स्थानमा रहने शीर्ष चार देश नकआउट चरणमा छानिने हुनाले यसको टुंगो भने समूह चरणका सबै खेल पछि लाग्ने छ ।