यी हुन् युरोकपको नकआउट चरणमा पुगेका १६ देश

No ads found for this position
No ads found for this position

काठमाडौं- जारी युरोकपको नकआउट चरणको समीकरण पुरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् ।

जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन् । जसमा समूह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समूह बी बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् । त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समूहबाट सर्बिया बाहिरिएको छ ।

त्यस्तै समूह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुदै नक आउटमा पुगेको छ । त्यसैगरी समूह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुदै नक आउटमा पुगेको छ ।

त्यस्तै समूह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहदै नक आउटमा पुगेको छ ।

अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।

त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ ।

नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *