१ लाख १५ हजार बढीले एसईईको मौका परीक्षामा दिन पाउने

No ads found for this position
No ads found for this position

काठमाडौं- एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले आज एसइईको नतिजा सार्बजनिक गरेको हो । यो सँगै बोर्डले एसईईको मौका परीक्षाको मिति पनि आजै तय गरेको छ ।

बोर्डले एसईईको मौका परीक्षा यहि साउन १८ र १९ गते हुने जनाएको छ । एसईईमा २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् ।

बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जनाले १ विषयमा अनुत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *