बोलिभियामा कू प्रयास असफल, सेना प्रमुख पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ । बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए । यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

तर, उनलाई ३ घण्टामै पक्राउ गरिएको थियो । यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । भिडियोका अनुसार बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चौकलाई घेरेका थिए । त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो । यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे ।

प्रधानसेनापति जनरल होजेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका थिए ।

आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई गिरफ्तार गरियो। असफल विद्रोहपछि राष्ट्रपतिले लोकतन्त्र जोगाउन देशका जनता एकजुट हुनुपर्ने बताए । उनले यो बोलिभियन जनता र लोकतन्त्रको जित भएको बताए ।

बोलिभियाका स्थानीय सञ्चारमाध्यमका अनुसार जनरल जोसलाई यसै हप्ता उनको पदबाट हटाइएको थियो । उनले पूर्व राष्ट्रपति इभो मोरालेसबारे आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि सरकारले यो निर्णय गरेको हो ।

स्थानीय पत्रकारहरूका अनुसार जनरल जोस कू प्रयासको क्रममा केही समयका लागि दरबारमा प्रवेश गरेका थिए। उनीहरुको सुरक्षाका लागि नजिकै मास्क लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको थियो । सरकारको आलोचना गर्दै प्रधानसेनापतिले पक्राउ परेका केही राजनीतिज्ञ र सेनाका सदस्यलाई रिहा गर्न माग गरेका थिए ।

जनरललाई पक्राउ गरेपछि राष्ट्रपतिले तीनै सेनाका कमाण्डर जनरललाई हटाउने घोषणा गरेको थियो । यसपछि जनरल जोस विल्सन सान्चेजलाई नयाँ सेना प्रमुख नियुक्त गरियो । देशको महान्यायाधिवक्ताको कार्यालयले विद्रोहमा संलग्न जनरल होज र अन्य सैन्य अधिकारीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । उनीहरूलाई कडा सजाय दिइनेछ।

बोलिभियामा विद्रोहको प्रयास कुनै नयाँ कुरा होइन । विगत २ सय वर्षमा देशमा १९० पटक विद्रोह भएको छ । बोलिभियामा १२ करोड मानिस बस्छन् । देशका वामपन्थी राष्ट्रपति लुइस आर्सेलाई पूर्व राष्ट्रपति मोरालेसले आफ्नो उत्तराधिकारीको रूपमा चुनेका थिए।

तर, सत्तामा आएदेखि नै पार्टीको नियन्त्रणलाई लिएर दुवै नेताबीच विवाद छ । आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने प्रतिस्पर्धा पनि छ । बोलिभियाको अर्थतन्त्र झन् कमजोर बन्दै गएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *