रामेछापमा बस दुर्घटना : १० जना घाइते, २ को अवस्था गम्भीर

No ads found for this position
No ads found for this position

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न. ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना घाइते भएको र घाइतेहरूको उद्दार गरि उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ ।

घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *