अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेता केसीले सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।

केसीले संसदमा वाचन गरेको कविता :

न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।

संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।

सांसद संसदमा बोल्छन् सम्बोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि ।

काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसदमा स्वार्थ हो, डर हो किन ?



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *