नाउपा विवाद : रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो
No ads found for this position
No ads found for this position
काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।
संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्।
बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए ।
प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन् ।
प्रतिक्रिया