बागमती प्रदेशको सरकारबाट एमाले बाहिरिँदै

No ads found for this position
No ads found for this position

हेटौडा- नेकपा एमाले बागमती सरकारबाट बाहिरिने भएको छ । एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् । एमालेबाट बागमती सरकारमा ५ जना मन्त्रीहरू छन् ।

एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कांग्रेसले बागमती प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *