सामुद्रिक तटमा प्रतीक्षा

No ads found for this position
No ads found for this position

काठमाडौं – पछिल्लो समयकी चर्चित र ब्यस्त मोडल प्रतिक्षा काफ्लेको व्यस्तता म्युजिक भिडियो र स्टेज कार्यक्रममा बढ्न थालेको छ ।

अभिनय तथा नृत्यमा पारङ्गत मोडल प्रतिक्षा काफ्ले छैठौं सगरमाथा म्युजिक अवार्ड २०२४ को कार्यक्रममा सहभागी हुने सिलसिलामा थाइल्याण्ड पुगेको मौकाको फाइदा उठाउँदै पत्तया स्थित सामुद्रिक तटको फोटोग्राफर बद्री थापाले खिचेको सुन्दर फोटो आफ्नो फेशबुक मार्फत सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय राज लुइँटेलको निर्देशन, अनु चौधरी र किरण भुजेलको स्वरमा रहेको गीत ‘माया गरेउ’ को म्युजिक भिडियोमा देखिएकी मोडल प्रतिक्षा काफ्लेले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने अबको उनको तयारी फिचर्स फिल्मको लागि भैरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *