लिम्बु भाषाको ‘सुगुप’ अब नेपालीमा हेर्न पाइने

No ads found for this position
No ads found for this position

काठमाडौं- उपत्यकामा सफलता पश्चात् पूर्वाञ्चलको विभिन्न सहरमा भएको विशेष प्रदर्शनमा उतिकै दर्शकहरूको माया पाएको ‘सुगुप’ अब नेपाली भाषामा पनि हेर्न पाइने भएको छ ।

पटकथा, लेखन देबेन्द्र खापुङ सुर्केली, सबटाइटल गौतम राज खड्का, डिबि आङ्बुङको रहेको छ ।

फक्ताङ्लुङ इन्टरटेन्डमेन्ट प्रालिको आफ्नै युट्युब च्यानलबाट लिम्बु भाषामा रहेको चलचित्र ‘सुगुप’लाई नेपाली भाषामा टेलर सार्वजनिक गरेको छ ।

सिसेक्पा तङ्नामको अवसरमा किरात याकथुङ चुम्लुङ अमेरिकाको आयोजनामा नेपाली भाषामा पहिलो चरणमा विश्वको कोरिया, बेलायत, जापान, दुबई, मलेसिया, इजरायल लगायतका देशमा ‘सुगुप’ चलचित्र प्रदर्शनमा ल्याउने तयारी भइरहेको चलचित्रका प्रस्तुतकर्ता एवं मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी दिए ।

लोकेन सावाँ लिम्बुको निर्देशन रहेको ‘सुगुप’ मा एक बियोगान्त कथा बोकेको ‘सुगुप’ भित्र वैवाहिक संस्कार, रीतिथिति, गरिबी भित्रको पिडालाई सामाजिक समस्याको रूपमा देखाइएको छ ।

चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, रबिन इन्द्र शेर्पा लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ । शैलेन्द्र कुमार नाल्बो, दिलमायाँ लाबुङ नाल्बो, एल.पी. साँवा लिम्बु, मनीषा सुब्बा नाल्बो, श्रीप्रसाद माबोको पनि सुगुपमा लगानी रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *