‘एफएलएफ अवार्ड २०८१’ हुने

No ads found for this position
No ads found for this position

काठमाडौं -फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ हुने भएको छ ।

अवार्डका लागि फाराम खुलिसकेको आयोजकले जनाएको छ ।

अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने बताए ।

‘हामीले फिल्म, म्यूजिक भिडियोको लागि फाराम खुलाइसकेका छौं ।

अमेरिकामा रहेका जुरी सदस्यहरुले फिल्म हेरिरहनु भएकाले नोमिनेसन चाँडै सार्वजनिक गर्नेछौं’, उनले भने ।

अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय जुरी टिम बनाइएको छ ।

यस वर्षको अवार्डका लागि उद्यमी तथा व्यवसायी केशवराम राई प्रमुख प्रायोजक रहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *