स्रष्टा ईश्वरीप्रसाद भुसालका दुई कृति लोकार्पण

No ads found for this position
No ads found for this position

काठमाडौं -स्रष्टा ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँका दुई कृति लामो कविता ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ लोकार्पण गरिएको हो ।

इतिहासविद् प्राडा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्व कीर्तिमानी सर्जक डा.डीआर उपाध्याय, महाकाव्याकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा नेपाल साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ कलाकार उत्तम केसी, टेकराज भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको हो ।

स्रष्टा ईश्वरी भुसालको जन्मोत्सवको अवसर पारेर मिलाप पब्लिकेशनले यी कृति सार्वजनिक गरेको हो । सो अवसरमा स्रष्टा भुसाललाई तारकेश्वर कला प्रतिष्ठान ब्राण्ड यू पिक्चर्स, डीआर म्युजिक एण्ड क्रियशन र युथ क्रियशनले सम्मान अर्पण गरेका थिए ।

मिलापका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चूडामणि देवकोटा, राजु सिंह, गीता भट्टराई, उत्तम केसीलगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । विशिष्ठ कलाकार लय संग्रौलाले स्रष्टा भुसालको गजलसंग्रह ‘कसको आँखा लाग्यो’को समीक्षा गर्नुभएको थियो भने महाकाव्यकार खेमनाथ दाहालले लामो कविता ‘अर्पण’का बारेमा टिप्पणी गर्नुभएको थियो ।

उहाँहरूले स्रष्टा भुसालले मोफसलमा रहेर साहित्य क्षेत्रमा आफूलाई निरन्तर समर्पित गर्दै कृति प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । यस्तै, साहित्य पत्रकार संघका अध्यक्ष लेकालीले कृतिका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।

समारोहमा आफ्ना भनाई राख्दै सर्जक भुसालले आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनु पर्दाको पीडाले अहिले चारवटा कृति प्रकाशनमा आएको र अन्य केही पाण्डुलिपि तयार रहेको बताउनुभयो । प्रमुख अतिथि प्राडा.केसीले मोफसलमा रहेरका स्रष्टाहरूले पनि राम्रा कृति प्रकाशन गरिरहेको बताउनुभयो । समसामायिक राजनीतिप्रति टिप्पणी गर्नुभएका प्राडा.केसीले देशको राजनीति दिनप्रतिदिन संकटोनुमुख हुँदै गएकोमा चिन्ता प्रकट गर्नुभयो ।

१५३ विश्व कीर्तिमानी सर्जक डा.डीआर उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा साहित्य क्षेत्रका विशिष्ठ व्ययक्तित्वहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । डा.उपाध्यायले वर्तमान राजनीतिप्रति आमनागरिकमा तीव्र घृण बढदै गएको र युवा जनशक्ति पलायन हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

स्रष्टा भुसालका यसअघि ‘विरह पुस्पाञ्जलि’ खण्ड काव्य र ‘विरह व्याथा’ कवितासंग्रह प्रकाशित छन् । कार्यक्रमको सहजिकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो ।

गरिएको छ । आइतबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँका दुई कृति लामो कविता ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ लोकार्पण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *