एमाले र कांग्रेसले देखाएको राजनीतिक परिपक्वता
काठमाडौं- नेपाली राजनीतिकमा नेकपा एमाले र नेपाली कांग्रेसले देखाएको परिपक्वता देश र जनताको हितमा सकारात्मक छ । यो मूल धारका दुई ठुला पार्टीले अस्थिर राजनीति माथि स्थायित्व कायम गर्न देखाएको परिपक्वताको उदाहरणीय रणनीतिक कार्य पनि हो। यसलाई राजनीतिक धर्म भन्दा फरक नपर्ला ।
वर्तमान राजनीति प्रति जनतामाझ फैल्याइएको वितृष्णा सबै भन्दा बढी पटक-पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड प्रमुख कारण बनेका देखिन्छन्। माधव नेपालको अहङ्कारका कारण सहमति विपरीत प्रचण्डलाई प्रधानमन्त्री र विधान विपरीत स्वयम आफैँ पार्टी अध्यक्ष बन्ने होडमा आफ्नै पार्टीको बहुमतको सरकार गिराउन प्रचण्डको बलिको बोका बन्दै जनताले दिएको बहुमतको अपमान गर्न समेत पछि परेनन् । जनताले दिएको देश बनाउने म्यान्डेटलाई आत्मासाथ गर्दै जनमुखी काम गर्दै गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी विदेशी शक्ति प्रयोग गर्दै जति सक्दो चाँडो हटाउनु नै सर्व परि विजय ठान्ने प्रचण्ड-माधव प्रवृत्ति नै आजको राजनीतिक अस्थिरताको प्रमुख जड हो ।
तत्कालीन समयमा प्रचण्डको भ्रामक भाष्यबाट असर नदेखिएता पनि अहिले सबै भन्दा बढी जनमानसमा अस्थिरताको नकारात्मक पराकाष्ठाको सिकार भएका छन् प्रचण्ड । अस्थिर चरित्रका कारण करिब-करिब समाप्तिको मार्ग तिर छन् प्रचण्ड तर उनी यसलाई स्विकार्दैनन् । पार्टी बन्न नपाउँदै आन्दोलनमै समाप्त भएको अधुरो शक्ति हो माओवादी। माओवादीले चुनवाङ्गको बैठकबाटै जन बादी गणतन्त्र परित्याग गरेर लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अवलम्बन गर्नु नै वास्तविक प्रतिगमन हो। यो यथार्थलाई ढाक छोप गर्दै आफूलाई अग्रगमनको हिमायती भन्ने प्रचण्ड र तिनका पिछलग्गुहरूले भ्रम पूर्ण खडा गरिएको भाष्य बाट मुक्त हुनै पर्छ ।
नागरिकमा कम्युनिस्ट प्रति अझ भनौँ नेपाली राजनीति प्रति नै वितृष्णाको ज्वाला फैलँदै गयो । अन्ततः प्रचण्ड-माधव प्रवृत्ति जनतामा यत्र तत्र सर्वत्र दुर्गन्धित हुँदै गएपछि एमाले कब्जा गर्ने अझै झिनो आसा सहित तात्कालिक नेतृत्व केपी ओली प्रति गलत दस्ताबेजिकरण गरी भ्रामक प्रचार गरियो।
सत्ता र शक्तिलाई आवश्यक भन्दा बढी दुरुपयोग गरेर जीर्ण भएको प्रचण्डको भौतिक स्वरूप हो पुष्पकमल दाहाल । माओवादी जनयुद्धलाई नेपाली जनताले यति धेरै साथ,सहयोग र सम्मान गर्दा गर्दै पनि स्वयं नेतृत्वद्वारा बेवास्ता गर्नुले जनयुद्ध र आम जनताको अपमान भएको घाम झैँ छर्लङ्ग छ । सत्ता र शक्तिको लागि सैद्धान्तिक वैचारिक धरातलको भिन्नतालाई कुनै हेक्का नराखी राजनीतिक प्राण धान्न कहिले को सँग त कहिलेको सँग लज्जास्पद ढङ्गले अप्रासङ्गिक गठबन्धन गरेर सत्तामा पुग्ने,कहिले कसलाई गिजोल्ने, कहिले कसलाई जगल्ट्याउने बाहेक कुनै पनि जन पक्षीय सृजनशील कार्यहरू प्रचण्डबाट देश र जनताको पक्षमा हुन सकेनन् । केवल भए त भ्रम छर्ने काम मात्र ।
जनयुद्धका सहिदहरूको दुहाइमा ब्रम्हलुट,नातावादमा लम्पट,सत्ता शक्तिको दुरुपयोग गर्दै तस्करी र भ्रष्टाचारमा अब्बललाई मन्त्री पद देखि राजनीतिक,सामाजिक,धार्मिक मूल्य मान्यताको मर्यादा माथि शक्ति केन्द्रहरूको आडमा नेपाली सस्कृतीमाथी विभिन्न बहाना बाजिमा पटक पटक उनिबाट प्रहार भयो। यसले झनै नेपालीहरूको आस्थामाथि चोट पुग्यो। जनतामा अप्रत्याशित निराशाको कालो बादल मडारियो । सत्ता र शक्तिको चास्नीमा प्रचण्डले जनयुद्धको धङधङीलाई डुबुल्क्याउँदै सधैँ बार्गेनिङ र माधव नेपालको कुष्ठा पोषित राजनीतिले नेपालमा वामपन्थी आन्दोलन नै समाप्ति तर्फ उन्मुख भयो।
कम्युनिस्ट प्रतिको विश्वास नागरिकमा ओझेल पर्दै गए । निष्ठावान् वामपन्थीहरू जिब्रो टोक्ने अवस्थामा आइपुगे । फलस्वरूप नागरिकमा कम्युनिस्ट प्रति अझ भनौँ नेपाली राजनीति प्रति नै वितृष्णाको ज्वाला फैलँदै गयो । अन्ततः प्रचण्ड-माधव प्रवृत्ति जनतामा यत्र तत्र सर्वत्र दुर्गन्धित हुँदै गएपछि एमाले कब्जा गर्ने अझै झिनो आसा सहित तात्कालिक नेतृत्व केपी ओली प्रति गलत दस्ताबेजिकरण गरी भ्रामक प्रचार गरियो।
बेइमानी पूर्ण ढङ्गले गरिएको कपटपूर्ण राजनीतिमा सत्ता लोलुप्ताको पराकाष्ठामा लिप्त प्रचण्डलाई जनताले सच्चिने मौका समेत नदिई सकिने अवस्थामा पुर्याएका छन्। यो अवस्था प्रचण्डलाई स्पष्ट थाहा थियो । तर पनि आफू सुध्रिनु भन्दा पनि भावनात्मक रुवाबासी गर्दै होसन हवासमा प्रस्तुत हुने यिनको बानिले पुनः सीमित झुन्डलाई झोक्याउन सफल भयो।
माओवादीबाट प्राप्त उपलब्धिको रक्षा नहुने निश्चित प्राय छ । त्यसैले यो परिस्थितिको उदय भएको ध्रुव सत्य हामी सबैले मान्नै पर्छ। एमाले र कांग्रेसले राजनीतिक परिपक्वता देखाउनुले जनतामा केही राहत भने अवश्य महसुस भएको छ । दुई ठुला दलले आँफूलाई अबल्ल र परिपक्व भएको एक पटक पुन साबित गर्दिएका छन् । माओवादीलाई केही समय कांग्रेस र एमालेले सत्ता प्रयोग गर्न दिएर जनता सामु नङ्याइदिएका छन् । यसबाट प्रचण्डको कुनै भर छैन र यिनले देशको लागि केही गर्न नसक्ने भन्ने साबित भएको छ । यो मूलधारे पार्टीहरूको पारङत प्रवृत्ति हो । जन चाहना बमोजिम प्राप्त उपलब्धिलाई सुरक्षित एवं समय सापेक्ष संस्थागत गर्दै लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउने जिम्मेवारी सहितको मूलधारका पार्टी र गठबन्धन लाई केही समय भने सकारात्मक दृष्टि कोणले हेर्नै पर्ने हुन्छ । अन्यथा विकल्प पनि त छैन ।
यो गठबन्धनले राजनीतिक अस्थिरता र जातीय राजनीतिलाई सदाको लागि निर्मूल पार्ने छ भन्ने विश्वासका किरणहरू लोकमा देखा परेका छन् । यो ठुला दुई दलहरू लाई सुन्दर मौका पनि हो । मौका आउँछ पर्खँदैन भन्ने उक्ति झैँ चुनौती सहित आएको मौकालाई देश र जनताको पक्षमा माहौल खडा गरी अघि बडेमा स-साना दलहरूको दोकान सदाको लागि बन्द हुनेछ ।
– लेखक चलचित्र निर्देशक हुन् ।